जिबी राई भगाएको गृहमन्त्रीको आरोपको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणका आरोपित जिबी राई भगाएको आरोपको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुपर्ने बताएका छन् ।

शनिबार चितवनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जिबी राईलाई अघिल्लो सरकारले भगाएको अभिव्यक्ति दिएपछि प्रतिक्रिया दिँदै महामन्त्री थापाले भने, ‘गृहमन्त्रीले नै यस अघिको सरकारले जिबी राईलाई भगाएको आरोप लगाएका छन् ।

गृहमन्त्रीले दिएको उक्त अभिव्यक्तिको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनुपर्छ । योभन्दा अगाडि प्रचण्डकै नेतृत्वमा सरकार थियो ।

थप अरु