अष्ट्रेलिया, दुबई र नेपालमा खिचिएको नेपाली चलचित्र ‘द विनर’

Wednesday, March 7th, 2018 | | Online Movies

अष्ट्रेलिया, दुबई र नेपालका विभिन्न स्थानहरुमा छाँयाकन गरिएको चलचित्र ‘द विनर’ युट्युबमा रिलिज गरिएको छ। चलचित्रमा नव नायक महेशमान श्रेष्ठ र नायिका मलिना जोशी (पुर्ब मिस नेपाल) को मुख्य अभिनय छ। वेस्टर्न शैलीमा निर्माण भएको चलचित्र ‘द विनर’ चलचित्रमा महेश र मलिना संगै रोयल मास्के, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ, अमित गिरी लगायतको अभिनय छ। हिक्मत बिष्टले निर्देशन गरेको यो चलचित्र डायमण्ड स्टार फिल्मसको ब्यानरमा सुबोध ठकुरी, बिकास खरेल, रितेश राणा, सृजना शाह, रोयल मास्केले संयुक्त रुपमा निर्माण गरेका हुन्। सस्पेन्स, थ्रिलर र एक्सनले भरिपुर्ण चलचित्र ‘द विनर’ हाइलाईट नेपाल यु ट्युब च्यानल बाट रिलिज गरिएको हो।