संसदभित्र मिडिया सेन्टरको हरिबिजोग

Wednesday, March 7th, 2018 | | बिचार/ब्लग

नयाँ बानेश्वरको अन्तराष्ट्रिय सम्मेलन केन्द्र अर्थात् संघीय संसदको मिडिया कक्षमा पुग्दा आइतबार अस्तव्यस्त अवस्था देखियो । पूर्व-पश्चिम, उत्तर-दक्षिण फर्किएका पुराना अनुहारका कुर्सी, उही पुराना कम्म्युटर, अनि श्रव्य दृश्य रुपान्तरण तथा प्रकाशनका लागि राखिएका थोत्रा संयन्त्र । सानो झ्यालबाट भित्र छिराइएका एक अगाँलो फाइबरका तारहरु असरल्ल देखिन्थे । आइतबार प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यहरुको सपथ ग्रहणको पूर्वनिर्धारित कार्यक्रम थियो । प्रत्यक्ष प्रशारणका लागि भन्दै आफ्नो तयारी गर्न पुगेका केही मिडिया हाउसका प्राविधिकहरु अन्योलमा परे । कतिपय त प्रत्यक्ष प्रशारणका लागि ल्याएका सामान बोकेर कामै नगरी फर्किए । कतिले बाध्यता र विकल्परहित प्रविधिलाई प्राप्त उपलब्धी भन्दै कामचलाउ काम गरे ।

पुरानै मिडिया सेन्टर । पुरानै संरचना । पुरानै सामान । काम गर्ने तरिका पनि पुरानै । जब पर्‍यो राति तब बुढी ताती भन्ने नेपाली उखानजस्तै ।