इस्पानियोलले रियल मड्रिडलाई हरायो, जेरार्ड मोरेनोले गरे निर्णायक गोल

Wednesday, February 28th, 2018 | | खेलकुद

स्पेनिस लिग फुटबलमा इस्पानियोलले रियल मड्रिडलाई हराएको छ ।

गएराति इस्पानियोलको मैदानमा भएको खेलमा घरेलु टोली १-० ले विजयी भयो । खेलमा ईस्पानियोललाई विजयी गराउन जेरार्ड मोरेनोले खेलको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो ।

ईस्पानियोलले सन् २००७ यता रियमल मड्रिडमाथि जित हात पारेको यो पहिलो अवसर हो ।

पछिल्लो २२ खेल मध्य तीनमा बराबरी गर्नु बाहेक अरु सबैमा हार व्यहोरेको इस्पानियोलले गएरातिको खेलमा भने रियाललाई स्तब्ध पार्न सफिल रह्यो ।

यो हारसँगै रियाल मड्रिडले स्पेनिस ला लिगामा शिर्ष स्थानको बार्सिलोनासँग अंक दुरी घटाउने अवसर गुमाएको छ ।

तेस्रो स्थानको रियालको २६ खेलबाट ५१ अंक छ । २५ खेल खेलेको बार्सिलोनाको ६५ अंकका साथ शिर्ष स्थानमा छ भने समान खेलबाट ५८ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ ।

थप अरु