‘वावटाइम’ प्लेस्टोरको ट्रेण्डिङ्ग सूचिमा पहिलो नम्बरमा पर्न सफल पहिलो नेपाली मोबाइल एप भएको छ । साथै यो सेप्टेम्बर महिनामा नेपाल भरमा सबैभन्दा धेरै डाउनलोड गरिएको मोबाइल एप पनि बनेको छ ।
प्रयोगकर्ता माझ धेरै लोकप्रिय भएकाले यो एप गुगल प्लेस्टोरमा पहिलो नम्बरमा आउन सफल भएको हो । ‘वावटाइम’ पूरै हप्ताभर मेसेन्सर एप अन्तर्गत सबैभन्दा उच्च स्थानमा रहेको थियो ।
‘वावटाइम’ एक मात्र भिडियो ओ.टि.टि. सेवा ब्राण्ड हो जसले नेपालमा नेपाल टेलिकमसँग सहकार्य गरेर नेपाल टेलिकमका सेवादाताहरुलाई सेवा प्रदान गरिरहेकोे छ । ‘वावटाइम’ बजारमा नयाँ ब्राण्ड भएकाले पहिलेदेखि अस्तित्वमा रहेको सेवासँग प्रतिस्पर्धामा आउनु उसको लागि चुनौती थियो । तथापी यसले प्रदान गर्ने गुणस्तरीय सेवाका कारण यसले सेवाग्राहीको मन जित्न सफल भएको छ ।
प्रयागकर्तामा बढ्दो आकर्षणका कारण बजारमा आएको ४ महिनाभित्रै ‘वावटाइम’ले ४,००,००० नयाँ प्रयोगकर्ता बनाउन सफल भयो । यसले एक वर्षमा २०,००,००० नयाँ प्रयोगकर्ता बनाउने लक्ष्य लिएको छ । यो अवस्थामा ‘वावटाइम’ले नेपालभित्र सबैभन्दा धेरै डाउनलोड गरिएको र मन पराइएको एपको इतिहास बनाउने छ ।
यस एपले परम्परागत रुपमा टिभी हेर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउनेछ ।
सरकारले एनालग केबल टिभी च्यानलहरु काट्ने घोषणा गरेको अवस्थामा र अनुमानित ३२ लाख केबल टिभी उपभोक्ता रहेकोमा मात्र २०%ले माात्र डिजिटल केबल अपनाएका छन् । डिजिटल केबलमा स्थानतरणको प्रकृयामा धेरै प्रयोगकर्ताहरुले उपलब्ध भिडियो एप सेवामा पनि स्थानतरण गरेर आफ्नो जीवनशैलीमा स्तरोन्नती गरिरहेका छन् ।
फलस्वरुप,प्रयोगकर्ताले ‘वावटाइम’का बारेमा एक पटक जानकारी पाए पछि यो तिनले मोबाइलमा डाउनलोड गरेपछि छुटाउन नचाहने एपको सूचिमा पर्न जान्छ ।