एकै दिन तीन कम्पनीका ८ नयाँ स्मार्टफोन

Tuesday, February 27th, 2018 | | सूचना/प्रबिधि

मोबाइल कम्पनीहरुको कुम्भ मेला मानिने ‘मोबाइल वर्ल्ड काँग्रेस’ को २०१८ को संस्करण स्पेनको बार्सिलोनामा सोमबारबाट सुरू भएको छ।  मेलामा विभिन्न कम्पनीहरूले फोन सार्वजनिक गर्ने क्रम जारी छ। हालसम्म सामसङ, नोकिया र सोनीले फोनहरू सार्वजनिक गरेका छन्।मेला मार्च १ सम्म चल्ने छ।

यस्ता छन् सार्वजनिक गरिएका फोनहरू :

नोकियाः
नोकिया उत्पादन गर्ने फिनिस कम्पनी एचएमडी ग्लोबलले यस मेलामार्फत चार वटा फोन सार्वजनिक गरेको छ। कम्पनीले नोकिया ८११०, वन, ७ प्लस र ८ सिरोको गरी चार वटा मोडल एक साथ ल्याएको हो। यी फोनहरू अंग्रेजी महिनाको मे महिनाबाट अन्तराष्ट्रिय बजारमा आउने बताइएको छ।

नेपालमा नोकिया फोनको आधिकारिक वितरक प्यारामाउण्ट इलेक्ट्रोनिक्स प्रालि हो। प्रालिले नेपाली बजारमा यी फोनहरुको उपलब्धताका बारेमा केहि बताएको छ। यद्यपी यी फोन तीन महिना भित्रमा नेपाल आइपुग्ने आँकलन गरिएको छ।

नोकिया ८११०
नोकियाले गत वर्षको यसै कार्यक्रममार्फत बहुचर्चित ३३१० मोडललाई पुनरागमन गराएको थियो। सो मोडलको चर्चा हालसम्म कम भएको छैन्। यस्तैमा नोकियाले अर्को पुरानो मोडल ८११० लाई पुनारागमन गराएको छ।

यो मोडल सन् १९९६ मा पहिलो पटक सार्वजनिक गरिएको थियो। करिब २२ वर्षपछि पुनारगमन भएपछि भने फोनमा फोरजी भिओएलटीई (भ्वाइस ओभर एलटिई) नेटवर्क कनेक्टिभिटी, गुगल एसिसटेन्ट्, म्याप्स, सर्च, फेसबुक र ट्विटर अटाएको छ।

फोनमा २.४ इन्चको फोल्डेबल क्युभिजिए कर्भड् डिस्प्ले, क्वालकम स्नापड्रागन २०५, एफएम रेडियो, वाइफाइ, माइक्रो युएसभी छन्। यी २ मेगापिक्सेलको क्यामरा भएको फोनमा ५१२ एमबीको र्याम तथा ४ जीबीको इन्टरनल स्टोरेज क्षमता छ।

१ हजार ५ सय एमएएच पावर क्षमताको ब्याट्री छ। कम्पनीले फोनको ब्याट्री २५ दिनसम्म टिक्ने दाबी गरेको छ। फोन कालो तथा बनाना पहेंलो रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

फोनको मूल्य ७९ युरो अर्थात करिब १० हजार रुपैयाँ तोकिएको छ।

नोकिया वन

यस फोनमा ४.५ इन्चको आइपिएस डिस्प्ले छ। १ जीबी र्याम तथा ८ जीबीको इन्टरनल स्टोरेज क्षमता छ। फोनको पछाडितर्फ ५ मेगापिक्सेल तथा सेल्फीका लागि २ मेगापिक्सेलको क्यामरा दिइएको छ।

फोनमा २ हजार १५० एमएएचको ब्याट्री समावेश गरिएको छ। फोनको मूल्य भने ८५ डलर कायम गरिएको छ। यसको मूल्य ८५ डलर राखिएको छ।

नोकिया ७ प्लस

यस फोन नोकिया ७ को अपडेटेड भरियन्ट हो। फोनमा ६ इन्चको फुल एचडी आइपिएस डिस्प्ले छ। ४ जीबी र्याम तथा ६४ जीबीको इन्टरनल स्टोरेज क्षमता भएको फोनमा क्वाल्कम स्नापड्रागन ६६० को सिपियु दिइएको छ।

एन्ड्रोइड ८ ओरियो अपरेटिङ सिस्टम भएको फोनमा ३ हजार ८ सय एमएएचको ब्याट्री समावेश गरिएको छ।

फोनको पछाडितर्फ दुई वटा क्यामरा छन्। यसको पछाडि एफ/१.७ अपेचर लेन्सहितको १२ मेगापिक्सेल तथा २.६ अपेचर लेन्सको १३ मेगापिक्सेलको क्यमरा छन्। सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामरा दिइएको छ।

फोनमा ३ हजार ८०० एमएएचको ब्याट्री समावेश गरिएको छ। फोनको मूल्य ८५ डलर कायम गरिएको छ। फोनको मूल्य ४९० डलर निर्धारण गरिएको छ।

नोकिया ८ सिरोको

८ सिरीको नोकिया ८ को अपडेटेड भेरियन्ट हो।

फोनमा ६ इन्चको क्यु एचडी ओलेड डिस्प्ले छ। ६ जीबी र्याम तथा १२८ जीबीको इन्टरनल स्टोरेज क्षमता भएको फोनमा क्वालकम स्नापड्रागन ८३५ को सिपियु छ।

एन्ड्रोइड ८ ओरियो को अपरेटिङ सिस्टम भएको फोनमा फास्ट चार्जिङ सुविधासहित ३ हजार २६० एमएएचको ब्याट्री समावेश गरिएको छ।
फोनको पछाडितर्फ दुई वटा क्यामरा छन्। यसको पछाडि एफ-१.७ अपेचर लेन्सहितको १२ मेगापिक्सेल तथा २.६ अपेचर लेन्सको १३ मेगापिक्सेलको क्यमरा छन्। सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामरा दिइएको छ।

फोन पानी र धुलो प्रतिरोधात्मक भएको कम्पनीले जनाएको छ। फोनको मूल्य ९२० डलर तोकिएको छ।

सोनी

सोनीले एक्सपेरिया ‘एक्सजेट टु’ र ‘एक्सजेट टु कम्पयाक्ट’ मोडल गरी दुई वटा फोन सार्वजनिक गरेको छ।

दुबै फोनमा सोनीको एड्भान्स मोसन आइ क्यामरा प्रविधि, पानी प्रतिरोधात्मक, एचडिआर डिस्प्ले, क्वालकम स्नापड्रागन ८३५ एसओसीसहित आएका छन्।

यी फोनको मूल्य भने खुलाइएको छैन। अन्तराष्ट्रिय बजारमा फोन मार्च महिनाबाट आउने जनाइएको छ।

सोनीको नेपालका लागि आधिकारिक विक्रेता नेपा हिमा इलेक्ट्रोनिक्स हो। नेपा हिमाले अन्तराष्ट्रिय बजारमा सार्वजनिक गरिएका अधिकांश फोनहरु नेपाल भित्रउने गरेको छैन। त्यसैले यी दुई फोन नेपाल आउनेमा निश्चित छैन।

एक्सजेट टु
यो फोनमा ५.७ इन्चको फुल एचडी डिस्प्ले छ। एन्ड्रोइड् ८.० ओरियो अपरेटिङ भर्सनमा आएको यस फोनमा ४ जीबीको र्याम तथा ६४ जीबी इन्टरनल स्टोरेज क्षमता छ।

फोनमा अटोफोकस, ४के एचडिआर रेर्कडिङ क्षमता भएको १९ मेगापिक्सेलको पछाडितर्फको तथा ५ मेगापिक्सेलको सेल्फी क्यामरा अटाएको छ।

३ हजार १८० एमएएच पावर ब्याट्री भएको फोनमा वायरलेस चार्जिङ, गुगल कास्ट समेत छ। फोनको फिंगरप्रिन्ट सेन्सर पछाडितर्फ दिइएको छ।

एक्सजेट टु कम्याक्ट

यो फोनमा ५ इन्चको फुल एचडी डिस्प्ले छ।

यसमा एन्ड्रोइड ८.० ओरियो अपरेटिङ भर्सनमा आएको यस फोनमा ४ जीबीको र्याम तथा ६४ जीबी इन्टरनल स्टोरेज क्षमता छ। फोनमा अटोफोकस, ४के एचडिआर रेर्कडिङ क्षमता भएको १९ मेगापिक्सेलको पछाडितर्फको तथा ५ मेगापिक्सेलको सेल्फी क्यामरा अटाएको छ।

फोन २ हजार ८७० एमएएच पावर क्षमताको ब्याट्री तथा वायरलेस चार्जिङ सुविधासहित उपलब्ध हुने कम्पनीले जनाएको छ। यसमा समेत फिंगरप्रिन्ट सेन्सर पछाडितर्फ दिइएको छ।

सामसङ

कोरियाली फोन उत्पादक कम्पनी सामसङले एस९ र एस९प्लस सार्वजनिक गरेको छ। सामसङ नेपालले सम्भवत यी फोन आउँदो तीन महिनाभित्र भित्र्याउने  आंकलन गरिएको छ।

एस९

एस९मा ५.८ इन्चको सुपर एमोलेड स्क्रिनका साथ आएको छ। फोनमा एन्ड्रोइड ओरियोको अपरेटिङ सिस्टम, स्न्यापड्रागन ८४५ सँगै ३ हजार एमएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ।

फोनको पछाडितर्फ एफर१.५ र एफर२.४ गरी दुई वटा अपेचरसहित १२ मेगापिक्सेलको क्यामरा छ। यसमा सेल्फीका लागि एफर१.७ अपेचर लेन्स सहितको ८ मेगापिक्सेलको क्यामरा दिइएको छ।

४ जीबी र्याम तथा ६४, १२८ र २५६ जीबी गरी तीन वटा इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध फोन पानी र धुलो प्रतिरोधात्मक छ।

एस९ प्लस

एस९ प्लसको डिस्प्ले साइज एस९ को भन्दा ठूलो छ। फोनमा ६.२ इन्चको स्क्रिन छ। फोनमा ६ जीबी र्याम् रहेको छ। यसबाहेक फोनको पछाडितर्फ एफ-१.५ अपेचर लेन्सको १२ मेगापिक्सेल र एफ÷२.४ अपेचर लेन्सको १२ मेगापिक्सेल गरी दुई वटा क्यामरा छन्। फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा दिइएको छ।

यसमा पनि एन्ड्रोइड ओरियोको अपरेटिङ सिस्टम र स्न्यापड्रागन ८४५ समावेश गरिएको छ। यो फोनमा ३ हजार ५ सय एमएच पावर क्षमताको ब्याट्री छ।

दुबै फोनमा वायरलेस चार्जिङ सिस्टमको फास्ट चार्जिङ, आइरिस स्क्यानर, फिंगरप्रिन्ट सेन्सर लगायतका फिचर्स समावेश गरिएको छ।
यी बाहेक अन्य फिचर्स दुबै फोनमा समान छन्। दुबै फोन बजारमा मार्च १६ बाट मात्र उपलब्ध हुनेछन्।

एस९को मूल्य ७२० तथा एस९ प्लसको ८४० डलरबाट सुरु हुने बताइएको छ। नेपालमा यी फोन दुई महिनाभित्र आइपुग्ने आँकलन गरीएको छ।

थप अरु