कोरियाली फोन उत्पादक कम्पनी सामसङले एस९ र एस९प्लस सार्वजनिक गरेको छ।
स्पेनमा जारी मोबाइल कम्पनीहरुको कुम्भ मेला मानिने ‘मोबाइल वल्र्ड काँग्रेस’ मा सामसङले यी दुई फोन सार्वजनिक गरेको हो।
एस९
एस९मा ५.८ इन्चको सुपर एमोलेड स्क्रिनका साथ आएको छ। फोनमा एन्ड्रोइड ओरियोको अपरेटिङ सिस्टम, स्न्यापड्रागन ८४५ सँगै ३ हजार एमएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ।
फोनको पछाडितर्फ एफ/१.५ र एफ/२.४ गरी दुई वटा अपेचरसहित १२ मेगापिक्सेलको क्यामरा छ। यसमा सेल्फीका लागि एफ/१.७ अपेचर लेन्स सहितको ८ मेगापिक्सेलको क्यामरा दिइएको छ।
४ जीबी र्याम तथा ६४, १२८ र २५६ जीबी गरी तीन वटा इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध फोन पानी र धुलो प्रतिरोधात्मक छ।
एस९ प्लस
एस९ प्लसको डिस्प्ले साइज एस९को भन्दा ठूलो छ। फोनमा ६.२ इन्चको स्क्रिन छ।
फोनमा ६ जिबी र्याम रहेको छ। यसबाहेक फोनको पछाडि तर्फ एफ/१.५ अपेचर लेन्सको १२ मेगापिक्सेल र एफ/२.४ अपेचर लेन्सको १२ मेगापिक्सेल गरी दुई वटा क्यामरा छन्। फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा दिइएको छ। यसमा पनि एन्ड्रोइड ओरियोको अपरेटिङ सिस्टम र स्न्यापड्रागन ८४५ समावेश गरिएको छ।
यो फोनमा ३ हजार ५ सय एमएच पावर क्षमताको ब्याट्री छ।
यसका माथि उल्लेखित दुबै फोनमा वायरलेस चार्जिङ सिस्टमको फास्ट चार्जिङ, आइरिस स्क्यानर, फिंगरप्रिन्ट सेन्सर लगायतका फिचर्स समावेश गरिएको छ।
यी बाहेक अन्य फिचर्स दुबै फोनमा समान छन्। दुबै फोन बजारमा मार्च १६ बाट मात्र उपलब्ध हुनेछन्।
एस९को मूल्य ७२० तथा एस९ प्लसको ८४० डलरबाट सुरु हुने बताइएको छ। नेपालमा यी फोन दुई महिना भित्र आइपुग्ने आँकलन गरीएको छ।