महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको हरकट्टामा शुक्रबार २ सवारी एकआपसमा ठोकिएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । १५ यात्रु सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरीका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १६०५ नम्बरको बस र बुटवलवाट पूर्वतर्फ जाँदै गरेको भारतीय यू.पी .८३ ए.टी .३९६६ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा
बसचालक कपिलबस्तुका जीवन कुमार अधिकारीको मृत्यु भएको हो ।
घटनामा १५ जना घाइते भएका हुन्।
घाइते ट्रक चालकलाई उपचारका लागि भैरहवा र अन्य घाइतेलाई बुटवल पठाएको प्रहरीले जनाएकाे छ।