दुर्घटनामा ४ जनाको मृत्यु

Friday, February 23rd, 2018 | | देश

सदरमुकामबाट महाबु गाउँपालिकाको रानीवन, बखलढुंगा जाँदै गरेको जिप बिहीबार दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। तीनजना घाइते छन्।
लु१ज ३५३२ नम्बरको जिप दुर्घटना हुँदा महाबु गाउँपालिका–५ कासिकाँधका ३५ वर्षीय सरलकुमार शाही, वडा ४ गैडावाजकी २२ वर्षीया निर्मला पाण्डे, कालिकोटकी २९ वर्षीया निर्मलाकुमारी शाही र सुर्खेतका तिलक ढकालको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी सरोज पौड्यालले बताए। घाइते अन्य यात्रुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

ट्रक त्रिशूलीमा खस्यो
धादिङ– भैरहवाबाट सिमेन्ट बोकेर काठमाडौं जाँदै गरेको ट्रक धादिङको गजुरी गाउँपालिकाको चाम्बास छहराबाट त्रिशूलीमा खस्दा तीनजना घाइते भएका छन्।बिहीबार दिउँसो वर्षा भइरहेका बेला २१ टन सिमेन्ट बोकेको गाडी चिप्लिएर दुर्घटनामा परेको हो। छहरा कल्भर्टबाट ट्रक करिब सय फिट तल त्रिशूली किनारमा खसेपछि चालक वीरेन्द्र गुरुङ, सहचालक कृष्ण थापा र यात्रु विकास थापा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइतेलाई सडकछेउमा बसेका स्थानीय केरा व्यापारीहरूले तत्काल उद्धार गरी गजुरीस्थित सामुदायिक अस्पतालमा पुर्‍याएका थिए।

थप अरु