नाइजेरियाका १०० स्कूले बालिका बोको हरामको कब्जामा

Thursday, February 22nd, 2018 | | अन्तराष्ट्रिय

नाइजेरियन आतंककारी समुह बोको हरामले करिब १०० स्कूले बालिकाहरूलाई अपहरण गरी कब्जामा लिएको छ।

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रबाट उक्त समुहले दुई दिन देखि ती बालिकाहरूलाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।बालिकाहरूको अवस्था अझै पनि अज्ञात रहेको भन्दै अभिभावकहरूले बालिका अपहरणको जवाफदेहिताको माग गर्दै बिद्यालय घेराउ गरेका छन्।

बोको हराम समुहले विगत लामो समयदेखि बालबालिकाको अपहरणलाई राजनीतिक स्वार्थ पूर्तिको औजारका रूपमा प्रयोग गर्दै आइरहेको छ।राजनीतिक स्वार्थका लागि बेलाबेलामा आतंकवादी समुहले यस्ता कार्यहरू गर्दै आएकोमा नाइजेरियाका सर्वसाधारण क्रसित छन्।

थप अरु