प्रधानमन्त्रीको कार्टुन बनाएको विषयलाई लिएर मलेसियामा एकजना कार्टुनिष्टलाई पक्राउ गरिएको छ ।
मलेसियाका प्रधानमन्त्री नजिब रजाकको तस्बिरमा विभिन्न आकृति बनाएर अनलाइनमा दुरपयोग गरेको अभियोगमा कार्टुनिष्ट फामी रेजालाई एक महिना जेल सजायसहित ३० हजार रिङ्गेट जरिवाना गरिएको बताइएको छ ।
फामीलाई सन् २०१६ मा विपक्षी दलका नेता तथा कार्यकर्तासहित पक्राउ गरिएको थियो । फामीले प्रधानमन्त्री सरिफको आर्थिक लगानी कोष घोटला काण्डको विरोध जनाउँदै आएका थिए ।
फामीले उक्त फैसाला ‘निराशजनक’ भएको र अदालतमा गएर अपिल गर्ने उनका वकिलको भनाई उद्धृत गर्दै बीबीसीले बताएको छ ।
रजाक एक लागनी कोष स्थापनाको विषयलाई लिएर आर्थिक अनियमितता काण्डमा मुछिएका थिए । आर्थिक घोटला काण्डका बारे छापिएका समाचारहरु तथ्यहिन भएको उल्लेख गर्दै केही अनलाइनहरुलाई समेत मलेसिया सरकारले प्रतिबन्ध लगाएको थियो ।
९ वर्षदेखि मलेसियाको प्रधानमन्त्री रहेका नजिबले आउने अगस्टसम्ममा नयाँ आमनिर्वाचन गर्नुपर्ने छ ।
नजिबको कार्टुन बनाएको विषयलाई लिएर पक्राउ परेका फामी एक्ला भने होइनन् । जुनार नाम गरेका एक कार्टुनिष्टलाई पनि सोही वर्ष पक्राउ गरिएको थियो । जुनारले प्रधानमन्त्री नजिब र उनकी श्रीमतीको तस्बिरलाई दुरपयोग गरेको अभियोगमा पक्राउ गरिएको थियो ।