ह्याट्रिकबाट चुके सन्दीप, नेपाललाई पाँचौ सफलता

Monday, February 12th, 2018 | | खेलकुद

डिभिजन दुई अन्तर्गत केन्या विरुद्ध जारी ३४औं ओभरमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले लगातार दुई विकेट लिएका छन्।

मेडन ओभर फालेका उनी ह्याट्रिक लिन भने चुके। योसँगै नेपालले केन्याको पाँच विकेट झराएको छ। जसमा चार विकेट बसन्त रेग्मीले लिएका छन् भने बाँकी चार विकेट सन्दीपले लिएका छन्।

सन्दीपले ३४अौं अोभरको पहिलो बलमा कप्तान राकेप पटेललार्इ १ रनमा अाउट पारेका हुन् भने अर्को बलमा निपुन पटेललार्इ शुन्य रनमै एलबिडब्लु अाउट गरेका छन्। तर, तेस्रो बलमा अोडिएम्बोले कुनै रन नलिएपछि उनले ह्याट्रिक भने लिन पाएनन्।

त्यसअघि खेलमा नेपालका लागि १९अौ तथा व्यक्तिगत दोस्रो अोभर लिएर बलिङमा अाएका लामिछानेले नेपाललार्इ दोस्रो सफलता दिलाएका छन्। सन्दीपले १९अौं अोभरकाे चौथो बलमा धिरेन गेन्डारिया(४)लार्इ दीपेन्द्र एेरीको हातबाट क्याच गराउँदै नेपाललार्इ दोस्रो सफलता दिलाएका हुन्।

त्यसअघि १७अौं अोभरमा व्यक्तिगत पहिलो अोभर लिएर बलिङ गर्न अाएका उनले एलेक्स अोवान्डालार्इ ४१ रनमा खेलिरहँदा बोल्ड पारेका थिए।

थप अरु