सन्दीपले दिलाए व्यक्तिगत दोस्रो अोभरमा नेपाललार्इ दोस्रो सफलता

Monday, February 12th, 2018 | | खेलकुद

अाइसीसी विश्व क्रिकेट लिग डिभिजन दुर्इ अन्तर्गत जारी केन्या विरुद्धको खेलमा नेपालका लागि १९अौ तथा व्यक्तिगत दोस्रो अोभर लिएर बलिङमा अाएका लेग स्पिनर सन्दीप लामिछानेले नेपाललार्इ दोस्रो सफलता दिलाएका छन्।

सन्दीपले १९अौं अोभरकाे चौथो बलमा धिरेन गेन्डारिया(४)लार्इ दीपेन्द्र एेरीको हातबाट क्याच गराउँदै नेपाललार्इ दोस्रो सफलता दिलाएका हुन्।

त्यसअघि १७अौं अोभरमा व्यक्तिगत पहिलो अोभर लिएर बलिङ गर्न अाएका उनले एलेक्स अोवान्डालार्इ ४१ रनमा खेलिरहँदा बोल्ड पारेका थिए।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले २१ अोभरकाे समाप्तिमा २ विकेट गुमाउँदै ७७ रन बनाएको छ।

थप अरु