इदैनिक सम्बाददाता, नामिबियाको विन्डहोकमा जारी आईसीसी विश्व क्रिकेट लिग डिवीजन २ को आजको खेलमा नेपालले टस जितेर फिल्डिंग रोजेको छ । खेल नेपाली समय अनुसार दिनको १:१५ बजे बाट सुरु हुने भएको छ ।आजको खेल नेपाल र केन्याको बिचमा हुदै छ ।
सन् २०१५ देखि अहिले सम्मको खेलमा नेपालले र केन्या चार पटक आमने सामने भएका छन्, जसमा नेपाल ले सन् २०१७ को मार्च महिनामा एक पटक मात्र जित हासिल गर्न सफल भएको थियो । सो खेलमा नेपालका तर्फ बाट ज्ञानेन्द्र मल्लले ९३ बल खेल्दै ६४ रनको योगदान गरेका थिए । उनि नट आउट रही नेपाललाई जित दिलाएका थिए भने सोहि खेलमा दिपेन्द्र सिंह ऐरे ले ६६ बलमा ६२ रन बनाएका थिए ।
स्मरण रहोस, नेपालले हिजो को खेलमा यु.ए.ई.लाई ४ विकेटले हराएको थियो, जस खेलमा नेपालका तर्फबाट कप्तान पारस खड्काले ४८ बलमा ५१ रन बनाएका थिए भने जितका लागी सोम्पाल कामीले ७ ओवरमा ४ विकेट र् सन्दिप लामिछाने ले ७ ओवरमा ३ विकेट लिएका थिए । वर्षाका कारण ३४ ओवरमा छोट्याईएको खेलमा नेपालले ११४ रनको लक्ष्य २८.५ ओवरमा हासिल गरेको थियो।