नयाँ इतिहास रच्दै बार्सिलोना

Friday, February 9th, 2018 | | खेलकुद

मिसन पूरा भएको छैन । तर बार्सिलोनाले इतिहास रचिसकेको छ । क्याटालोनियाको यस क्लबले लगातार पाँचौ पटक स्पेनको सबैभन्दा ठूलो नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल्दैछ ।
बार्सिलोना अर्को इतिहास नजिक छ । त्यो हो, लगातार चौथोपटक कोपा डेल रे जित्ने किर्तिमान । बार्सिलोनाले लिगमा नराम्रो प्रदर्शन गरेका बेला पनि कोपा डेल रेमा सफलता हासिल गर्ने गरेको छ । यो टोलीले अहिलेसम्म सर्वाधिक २९ पटक कोपा डेल रे जितिसकेको छ । तर, प्रतियोगिताको सर्वाधिक सफल टोली हुँदाहुँदै पनि लगातार चारपटक उपाधि जित्न सकेको छैन ।

रियल म्याड्रिड र एथलेटिक क्लबले यस्तो किर्तिमान राखेका थिए । त्यो पनि टेलिभिजन युग सुरु हुनभन्दा अघि । रियलले सन् १९०५ देखि १९०८ सम्म तथा एथलेटिकोले सन् १९३० देखि ०३३ सम्म लगातार चारपटक उपाधि जितेका थिए ।

सन् १९५१,०५२ र ०५३ मा उपाधि जितेको बार्सिलोना ०५४ मा पनि फाइनल पुगेको थियो । तर फाइनलमा भ्यालेन्सियासँग ३–० ले पराजित भएपछि लगातार चौथो उपाधि जित्ने किर्तिमान बनाउन विमुख बन्यो ।

त्यतिबेलाको असफलतालाई सफलतामा बदल्ने अवसर बार्सिलोनालाई अपिल २१ म प्राप्त हुनेछ । यस दिन बार्सिलोनाले फाइनलमा सेभियाको सामना गर्नेछ । यहीं खेलमा आन्द्रेस इनिस्टा, लियोनल मेसी, सर्जियो बुस्सक्वेट र जेरार्ड पिकेले पाँचौ मेडल जित्ने प्रयास गर्नेछन् । उनीहरुले सन् २००८/०९ मा पनि यो उपाधि जितेका थिए ।

सबैभन्दा धेरैपटक कोपा डेल रेको मेडल जित्ने किर्तिमान एथलेटिको क्लबका पिरु गाइन्जाको नाममा छ । एथलेटिकोले सन् १९४३ देखि १९५८ सम्म ७ पटक उपाधि जित्दा उनी सातैपटक टोलीमा थिए । बार्सिलोनामा भने यो किर्तिमान जोआन सेगाराको नाममा छ । उनले सन् १९५१ देखि १९६३ सम्म ६ वटा उपाधि जितेका थिए ।

barcelona1

 

ट्रेबलको सपना
बार्सिलोना स्पेनिस ला–लिगा फुटबलमा पनि विपक्षी एथलेटिको म्याड्रिडभन्दा ९ अंकले अघि छ । फेब्रुअरी २१ मा युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा उसले इंलिस च्याम्पियन चेल्सीको सामना गर्दैछ । यस्तो अवस्थामा अर्नेस्टो भाल्भार्डेको प्रशिक्षणमा रहेको बार्सिलोनाको उद्देश्य यस सिजन तिनवटै उपाधि जित्नु छ ।

उद्देश्य पुरा भइहालेमा बार्सिलोना युरोपमा ३ पटक ट्रिबल जित्ने पहिलो क्लब बन्नेछ । २ पटक ट्रिबल जित्ने बार्सिलोना युरोपको एक्लो क्लब हो । स्पेनका प्रतिद्व्न्द्वीहरु बार्सासँग यस विषयमा ईष्र्या गर्ने गर्छन् किनकी अन्य कुनै पनि क्लबले ट्रिबल अर्थात एकै सिजन घरेलु फुटबलका दुई ठूला र युरोपेली फुटबलको सर्वोच्च प्रतियोगिताको उपाधि जितेका छैनन् ।

messi

सधैँका च्याम्पियन
इभान राकिटिक, मार्क आन्द्रे टेर स्टेगेन र लुईस सुआरेज त्यस्ता खेलाडी हुन् । जसले अहिलेसम्म बार्सिलोना आएपछि सधैं कोपा डेल रे जितेका छन् । उनीहरु सन् २०१४/०१५ को सिजन बार्सिलोनामा आबद्ध भएका थिए । त्यसयता, बार्सिलोनाले यस उपाधिमा ह्याट्रिक गरिसकेको छ ।

थप अरु