ओमानविरुद्ध नेपालको खराब सुरुवात, दुई विकेट गुम्यो

Friday, February 9th, 2018 | | खेलकुद

२६ माघ, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू मा ओमानविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ । १५ ओभरमा ३८ रन बनाउँदा दुई विकेट गुमाएको छ ।

नेपालले चौथो ओभरमा नै उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको छ ।
१७ बल खेलेका ज्ञानेन्द्रले १ चौकाको सहायतामा जम्मा ७ रन जोडेर आउट भए ।

दोस्रो विकेटका रुपमा ओपनर दिलिप नाथ १९ रनमा आउट भए । उनले पारस खड्कासाग २८ रनको साझेदारी गरे ।

पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट हुादा टिमको स्कोर १० रन थियो । अहिले पारस र र आरिफ शेख क्रिजमा छन् ।

नामिबियामा भएको खेलमा ओमानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गर्दै छ ।

यसअघि बिहीबार भएको खेलमा नेपालले नामिबियालाई १ विकेटले हराएको थियो ।

थप अरु