दिल्ली डेयरडेभिल्सले सन्दीप बारे सोध्यो यस्तो प्रश्न

Friday, February 9th, 2018 | | खेलकुद

डिभिजन दुई अन्तर्गत बिहीबार नामिबिया विरुद्ध ४ विकेट लिदै म्यान अफ द म्याच चुनिएका सन्दीपको प्रदर्शनबाट प्रभावित हुँदै टुविट गरको इण्डियन प्रिमियर लिग टोली दिल्ली डेयरडेभिल्सले पुनः अोमान विरुद्व नेपालको बलिङ अघि अर्को टुविट गरेको छ।

नेपालले ओमानलाई १ सय ३९ रनको लक्ष्य दिएपछि दिल्लीले टुविट गर्दै ‘सन्दीपले आज कति विकेट लिन सक्लान?’ भनेर लेखेको छ। अघिल्लो खेलमा ८.२ ओभर बलिङ गर्दै सन्दीपले १८ रन मात्रै खर्चेर ४ विकेट लिएको उल्लेख गर्दै दिल्लीले सो पोष्ट गरेको हो।
आइपीएलको ११औं सिजनका लागि दिल्लीले सन्दीपलाई २० लाख भारुमा खरिद गरेको थियो।

थप अरु