नेपाली राष्ट्रिय क्रिकेट टोलीको यूएई भम्रण अन्तर्गतको अन्तिम अभ्यास खेलमा शुक्रबार नेपाली टोलीले यूएई ‘ए’ विरुद्ध टस हारेर बलिङको निम्तो पाएको छ।
दुबई स्थित आइसीसी ओभर दुई मैदानमा सुरु भएको खेलमा नेपाली टोलीको सुरुवाती एघारमा तीन परिवर्तन गरिएको छ।
अघिल्लो खेल खेलेका अनिकुमार साह, करण केसी र शक्ति गौचनलाई आराम दिइएको छ भने उनीहरुको स्थानमा शरद भेषावकर, बसन्त रेग्मी र ललितसिंह भण्डारीलाई मौका दिइएको छ।
यसअघि नेपालले खेलेको दुई अभ्यास खेल नखेलेका शरद तेस्रो अभ्यास खेल भने खेल्ने भएका छन्।
यसअघिको दुई अभ्यास खेलमा नेपालले यूएई ‘ए’ विरुद्ध क्रमशः २५ र १९३ रनको जित निकालेको थियो ।